सिजा । सिजा र हिमा गाउँपालिकाले स्थानीय तहको योजना प्रक्रियामा युवाको सहभागिता कार्यविधी २०७८ आगामी गाउँ सभाबाट पारत गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । क्याड नेपाल, जुम्लाको आयोजना हिमा तथा सिजा गाउँपालिकाको समन्वय तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा छुट्टा छुट्टै ठाउँमा भएको २ दिने स्थानीय तहको योजना प्रक्रियामा युवाको सहभागिता कार्यविधी २०७८ कार्यशालामा सहभागीहरुले सो कुरा बताएका हुन् ।
सो कार्यशालाको समापन कार्यक्रममा बोल्नु हुदै सिजा गाउँपालिका उपाध्यक्ष जन्म कन्या खत्रीले सिजा गाउँपालिकाले युवामैत्री गाउँपालिकाको निर्माण गर्ने र युवाहरुको हक अधिकारका लागि स्थानीय तहको योजना प्रक्रियामा युवाको सहभागिता कार्यविधी २०७८को आधारमा काम गर्ने बताईन् । साथै उहाँले युवाको अधिकार सुनिश्चितताका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाईन् ।
सिजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले तत्काल नै युवाको कार्य विधी बनाएर काम गर्ने बताउनुभयो । सो कार्यशाला कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख बालअधिकार समितिका पदाधिकारी र युवा संजालका सदस्यहरूको सहभागी रहेको थियो ।
सो स्थानीय तहको योजना प्रक्रियामा युवाको सहभागिता कार्यविधी २०७८को सहजीकरण नेपाल युवा परिषद, लुम्बिनी प्रदेश संयोजक सोम गुरुङ्गले गरेका थिए । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सन्चालित नेतृत्व र निर्णय परियोजना अन्तर्गत कार्यशाला सन्चालन गरिएको परियोजना अधिकृत नर्बजङ्ग रोकायले बताए । सो कार्यशाला हिमा र सिजा गाउँपालिकामा आयोजना गरिएको फिल्ड सुपरभाईजर शेर बहादुर रोकायले जानकारी दिए ।






