गाउँ घरमा डेनिस रेडक्रसको सहयोग

|

मोहम्मद आयतुल्ला रहमान,दाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङमा संचालित समुदाय उत्थानशिलता अभिबृद्धि (इन्कोर) परियोजना अन्तर्गतका कार्यक्रमहरुको स्थलगत अनुगमन गरीएको छ । सन् २०१७ अप्रिल देखि सन् २०२१ डिसेम्बर सम्मको ५ बर्षको परियोजनामा डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले समुदाय उत्थानशिलता अभिबृद्धि (इन्कोर) परियोजना मार्फत दाङको देउखुरी स्थित गढवा र राजपुर गाउँपालिकामा विपद् जोखिम कार्यक्रम अन्र्तगत विपद् प्रतिकार्यका लागि दक्ष जनशक्ति उत्पादन, विपन्न समुदायमा जिविकोपार्जनका लागि आर्थिक सहयोग, खानेपानी सरसफाई तथा स्वच्छताका गतिविधि, आकस्मीक स्वास्थ्य सेवा लगायतका कार्यहरु गर्दै आएको छ ।

विपद् जोखिम कार्यक्रम अन्र्तगत जिल्ला विपद् प्रतिकार्य समूह (डिडिआरटी) को निमार्ण, विपद् प्रतिकार्यका लागी खोज तथा उद्घार गर्नका लागी ३८६ जना दक्ष जनशक्ति र स्वंसेवकहरुको उत्पादन, विपद्को समयमा समुदायमा प्राथमिक उपचारका लागी ७२ जना दक्ष जनशक्ति उत्पादन गरेको समुदाय उत्थानशिलता अभिबृद्धि (इन्कोर) परियोजना अधिकृत जगत तामाङले बताए ।

खानेपानी कार्यक्रम अन्र्तगत खानेपानीको अभावले बाध्य भएर खोलाको दुषित पानी पिउने गरेकोले महामारी फैलिन सक्ने समस्यालाई पहिचान गरेर दाङ जिल्ला राजपुर गाउँपालिका वडा नं. ६ गंगदी मा एक करोड चौसठ्ठी लाख सट्सठ्ठी हजार दुईसय चौहतर रुपैँयाको लागतमा १ घर १ धारा अभियान सफल भएको छ, गंगदी नयाँ बस्ती खानेपानी आयोजनाको कुल लागत रकममा गाउँपालीका तथा वडा बाट त्रिसठ्ठीलाख ५० हजार सहयोग भएको छ भने ८२,२२,८०९ बयासी लाख बाइसहजार आठ सय नौँ रुपैया समुदाय उत्थानशिलता अभिबृद्धि (इन्कोर) परियोजनामा डेनिस रेडक्रसले सहयोग गरेको छ । १८,९४,४६५ रुपैया बराबरको स्थानीय जनश्रमदान रहेको छ ।

गंगदी नयाँ बस्ती खानेपानी आयोजनाले गर्दा प्रत्यक्ष रुपमा ३०० घर लाभान्वित भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष टंकेश्वर गुप्ताले बताए ।
आकस्मीक स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत आमा समुह , महिला स्वास्थ्य स्वंमसेवीका मार्फत स्वास्थ्यमा भएका सामान्य स्वास्थ्य समस्याहरुको बारेमा जनचेतनामुलक कार्यहरु, तालिम, गोष्ठिहरुको आयोजना , स्वास्थ्य चौकिलाई दिगो गर्नका लागी आवश्यक स्वास्थ्य सामग्रीहरुको सहयोग , ६ वटा स्वास्थ्य चौकिलाई साढे १ लाख देखि ३ लाख बराबर सम्म स्वास्थ्य सामग्रीहरु सहयोग गरेको समुदाय उत्थानशिलता अभिबृद्धि (इन्कोर) परियोजनाका फिल्ड अधिकृत देवी प्याकुरेलले जानकारी दिए ।

जिविकोपार्जन कार्यक्रम अन्र्तगत समुदायमा विपन्न अवस्थामा भएका मानिसहरुलाई छनोट गरी उनीहरुलाई सिपमूलक तालिम दिएर जिविकोपार्जनका लागि आर्थिक सहयोग २५ हजारको दरले ७७९ घर लाई नगद अनुदान सहयोग गरेको छ, जस्ले गर्दा संकटासन्न अवस्थामा रहेका व्यक्तिहरुले भैसि पालन, बाख्रा पालन, साना किराना खुद्रा पसल, पोल्ट्री फर्म, बंगुर पालन, तरकारी खेती लगायतका व्यवसाय गरीरहेका छन् । २५ हजार अनुदान पाएर किराना खुद्रा पसल गरीरहेकी राजपुर गाउँपालिका वडा नं. ४, दुलैयामा बसोबास गर्दै आइरहेकी मिना बि.क. आफ्नो किराना खुद्रा पसल शुरु नगर्नु भन्दा पहिले दैनिकि गुजरा चलाउनको लागी बुटबलमा गएर ज्यामी, लेवरको काम गर्नु परेको दुःख व्यक्त गर्दै अहिले रेडक्रस लाई धन्यवाद दिदै २५ हजार बाट शुरुवात गरेको व्यवसाय १ लाख भन्दा बढी भएको २०० रुपैया दैनिक बचत गर्ने गरेको , आफ्नो बच्चाहरुलाई सहजै पढाईरहेको, दैनिकि सहज भईरहेको बताउछिन् ।

नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यलय बिपद् व्यवस्थापन विभागका निर्देशक विपुल न्यौपाने, कार्यक्रम संयोजक बिनिता ढुङगाना, लेखा अधिकृत सन्तोष अधिकारी, (इन्कोर) परियोजना अधिकृत जगत तामाङ, दाङ जिल्ला शाखाका सभापति नारायन प्रसाद आचार्य, उपशाखा गढवा उपशाखाका सभापति दिपक कुमार यादव, (इन्कोर) फिल्ड अधिकृत देवी प्याकुरेल लगायतको सहभागी रहेको थियो ।

 

२०७८ मंसिर २१, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।