जानकी । तेश्रो चरणको बृहत नि:शुल्क आँखा शिविर कार्यक्रमअन्तर्गत आज जानकी गाउँपालिका वडा नं. २ बेलभार स्वास्थ्य चौकीमा नि:शूल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा २०६ जनाको नि:शूल्क आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको छ भने ५९ जनाको मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।
निःशुल्क आँखा शिविर फत्तेबाल आँखा अस्पताल र तेजकोहली रुइत फाउण्डेशनको संयुक्त सहकार्यमा जानकी गाउँपालिकाको सम्पूर्ण स्वास्थ्य चौकीहरुमा सञ्चालन हुदैछ l
भोलि जानकी गा.पा.वार्ड नं. ३ रमुवापुर स्वास्थ्य चौकीमा नि:शूल्क शिविर सञ्चालन हुने भएकोले सेवा लिन हुन सम्बन्धित सबैमा अनुरोध छ ।






