विद्यार्थीसँग लैङ्गिक हिंसा न्युनीकरण सम्बन्धि कार्यक्रम सम्पन्न

|

नेपालगन्ज /  “घरैबाट शुरु गरौं,महिला हिंसा अन्त्य गरौँ“ भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियान अन्तर्गत शान्ति पुर्नस्थापना गृह नेपालगन्ज,बांके जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र,महिला जागृति सेल, शान्ति सम्बृद्धि र विकासका लागि स्वच्छ तथा हरित नेपाल,नारी विकास केन्द्र,मुल आयोजक समारोह समिति एवं नेपालगंन्ज उपमहानगरपालिकाको कार्यालयको संयुक्त समन्वय र आयोजनामा आज सरस्वती माध्यमिक विद्यालय नेपालगन्जका ११ र १२ मा अध्यनरत छात्राहरुसंग लैंगिक हिंसा र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने सम्बन्धि सचेतनामुलक अन्तक्रिया कार्यक्रम गरिएको छ ।

सो कार्यक्रममा बाल अधिकारकर्मी साहिल अन्सारीले बालबालिका माथि हुने हिंसा कसरी न्यनीकरण गर्न सकिन्छ भन्ने बारे प्रशिक्षण दिएका थिए भने शान्ति पुर्नस्थापना गृह नेपालगन्जका जिल्ला कार्यक्रम संयोजक निर्मल सुबेदीले साईबर अपराध न्युनीकरण कसरी गर्न सकिन्छ भन्ने बारे प्रशिक्षण गरेका थिए । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सक्रिय सामाजिक संस्था शान्ति पुनर्स्थापना गृह,नेपालगन्ज का जिल्ला कार्यक्रम संयोजक सुवेदीले मानव बेचबिखन तथा ओसार पसार न्युनिकरण सम्बन्धमा अन्तक्रिया तथा सचेतनामुलक प्रशिक्षण दिएका थिए । साथै प्रशिक्षण पश्चात् सहभागी छात्राहरुलाई शान्ति पुनर्स्थापना गृहले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सुचना तथा सचेतनामुलक ब्रोसर समेत वितरण गरेको थियो ।

सो कार्यक्रममा अधिकारकर्मी रचना श्रेष्ठ, गिता आर्चाय, पत्रकार सोम गुरुङ लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा सहभागी विद्यार्थीहरुले सही तरिकाले सामाजिक सन्जाल चलाउने प्रतिबद्धता गरेका थिए ।

२०७८ मंसिर १९, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।