धादिङ / सबैका लागि निःशुल्क गुणस्तरिय शिक्षा अभियान अन्तर्गत पिस फर पिपुलले यस शैक्षिक सत्रमा ग्रामिण सरकारी बिद्यालयमा अध्ययन गर्ने ४६८ बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । अभियानले पर्साका १३० बालबालिका, सर्लाहीका १२५ बालबालिका, धादिङको १८६ बालबालिका र काभ्रेको २७ जनालाई बिद्यालयमा आवश्यक पर्ने अत्यावश्यक शैक्षिक सामाग्रीहरु बितरण गरेका हो । जसमा कापी, बिद्यालय झोला, सिसाकलम, ज्यामिटी वक्स, बिद्यालयलाई ब्याडमिन्टन एवंम डोरी र माध्यामिक तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई सहयोगी पुस्तिकाहरु समेत छन् ।
अझै पनि बिभिन्न ग्रामिण क्षेत्रका बिद्यालयहरुमा बालबालिकाहरुको शिक्षामा सहज पहुँच नभएको र शैक्षिक सामाग्री अभावको कारणले गर्दा नै बिद्यालय भर्ना हुने तर पूर्णता नदिने समस्या ब्यापक देखिएकाले आफुहरुले यस अभियान मार्फत निरन्तर सक्दो सहयोग गरिरहेको संस्थाको अध्यक्ष सन्तोष विडारीले बताउनु भयो ।
सिकाईको सहजताको लागि हाम्रो अभियान निरन्तर गरिरहेको छौ, बिभिन्न सहयोगी हात मार्फत सहयोग संकलन गरि निरन्तर समग्र शिक्षाको प्रत्याभुत सबै बालबालिकाहरुले गरुन भन्नको लागि हाम्रो अभियानले सकारात्मक प्रभाव पारेको छ ।
बिद्यालय भबन निर्माण देखी बिद्यालयस्तर र कलेजस्तर सम्ममा छात्रबृत्ति एवंम समग्र सिकाईको फरक अभ्यास जस्ता क्रियाकलाप निरन्तरता पाएकोमा आफुहरु खुसी रहेको डाईरेक्टर पुनम खड्गी बताउनु हुन्छ ।

संस्थाले सानो सानो सहयोगहरु संकलनबाट नै भए पनि हाल सम्म तिन हजार भन्दा धेरै बालबालिकाहरुलाई अत्यावश्यक शैक्षिक सामाग्रीहरु वितरण गरिसकको छ ।

भावी दिनमा पनि कोही पनि बालबालिकाहरु सामाग्री र आर्थिक अभावले आफ्नो पढाई बीचमा नै छोड्नु पर्ने बाध्यता नहोस भन्ने अभिप्रायले अभियानलाई अझै ब्यापक बनाउने तयारी रहेको पनि संस्थाले जनाएको छ ।






