पोखरा। धर्मकाया बुद्ध मण्डला बिकाश तथा ब्यवस्थापन समितिको छैटौ बार्षिक साधारण सभा र दोस्रो अधिबेशन सम्पन्न भएको छ।
अधिबेशनले पुन:रुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ। समितिको उपाध्यक्षहरुमा भरतराज शाक्य र राजबहादुर गुरुङ, सचिवमा पुर्ण लामा, कोषाध्यक्षमा श्याम शाक्य, सहसचिवमा हुमबहादुर गुरुङ रहनुभएकोछ।
यसरी नै सदस्याहरुमा मे.लक्ष्मीप्रसाद गुरुङ, सु.इन्द्रबहादुर गुरुङ, कुमारबहादुर क्षेत्री, नरेन्द्रमान लालचन र लामा अमृत बज्र महर्जन रहनुभएको छ। बिधानत अन्य चार जना सदस्य अध्यक्षबाट मनोनित गरि पन्ध्र सदस्यीय समिती बनाउने प्रावधान छ।
निर्वाचित कार्यसमितिलाई निर्वाचन समिती संयोजक तिर्थ श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथी कर्णेल रामकाजी गुरुङले खादा लगाई दिनुहुदै आशिर्वाद प्रदान गर्नुभएको थियो।
कार्यसमिति निर्वाचित गर्न संस्थाका सल्लाहकार तिर्थ श्रेष्ठको अध्यक्षतामा सल्लाहकारहरु बिलबहादुर गुरुङ र शंकर गुरुङ सदस्य रहेको निर्वाचन समिती गठन गरिएको थियो।
निर्वाचित कार्यसमितिलाई संयोजक श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथी कर्णेल रामकाजी गुरुङले बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो।
यस अघि साधारणसभामा सचिव राजबहादुर गुरुङले पेश गर्नुभएको बार्षिक प्रतिबेदन, कार्यवाहक कोषाध्यक्ष श्याम शाक्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र सदस्य तथा बिधान संशोधन समिती संयोजक हुमबहादुर गुरुङले प्रस्तुत गर्नुभएको बिधान संशोधन प्रस्ताव पारित गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि कर्णेल रामकाजी गुरुङ, सल्लाहकार तथा निर्वाचन समिती सदस्य शंकर गुरुङ, कोने/घोताने/घोन्डे समाज युकेका अध्यक्ष क्या.पिताम्बर गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो।
समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भरतराज शाक्यले स्वागत र सचिव राजबहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
कार्यक्रममा कोने/घोताने/घोन्डे समाज युकेका नवनिर्वाचित अध्यक्ष क्या.पिताम्बर गुरुङलाई बधाई तथा शुभकामना सहित स्वागत गरिएको थियो।






