पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरीलाई पितृशोक

|

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरी र पत्रकार माधव घिमिरेलाई पितृशोक परेको छ ।

उहाँहरूका पूज्य पिता दधिराम घिमिरेको ९० वर्षको उमेरमा आज बिहान ५ः१५ बजे झापाको बिर्तामोडस्थित निवासमा निधन भएको हो । उहाँ हल्का निमोनिया र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय घिमिरेका तीन छोरा र चार छोरी हुनुहुन्छ । पूर्वसभापति निष्ठुरी स्वर्गीय घिमिरेका जेठा छोरा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गरेको महासचिव रोसन पुरीले बताउँनुभयो । महासघंले यस घडीमा पितृशोकमा पर्नुभएका पूर्वसभापति निष्ठुरीसहित शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गरेको छ ।

२०७८ मंसिर १२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।