प्याब्सनद्धारा आयोजित बक्तृत्वकला प्रतियोगितामा प्रियंका बर्मा प्रथम

|

नेपालगन्ज / नीजि तथा आवसीय विद्यालय अर्गानाईजेसन नेपाल, प्याब्सन नेपालगन्ज नगर कमिटी , बाँकेको आयोजनामा भएको बक्तृत्वकला प्रतियोगितामा स्टार फयुचर एकेडेमीका प्रियंका बर्मा प्रथम भएकी छिन् । त्यसै गरि दोश्रो स्थान युनाईटेड एजुकेशनल एकेडेमीका कृती फुयाल, तृतीय सगरमाथा ईग्लीस बोर्डिङका यातृका विक र सान्तवना वेस्ट जोनका काब्य रेग्मी भएका थिए भने पाचौ स्थानमा जिभिएनका दिपा डाँगीले हात पार्न सफल भएकी छिन् । विजयी विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नेपालगन्जा उपमहानगरपालिका शिक्षा शाखाका शाखा अधिकृत भिम बहादुर बुढा र विशिष्ट अतिथिमा प्याब्सनका सल्लाहकार कृष्ण जिसी रहनु भएको थियो । प्रमुख अतिथि बुढाले अतिरिक्त कृयाकलापले विद्यार्थीको चौतफी विकास हुने भएकोले समय समयमा यस्ता कृयाकलापहरु हुुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा डा. रमेश अधिकारीको ३ सदस्यीय निर्णायक मण्डल रहेको थियो ।

कार्यक्रमको सहजीकरण प्याब्सनका सचिव मान बहादुर थापाले गर्नु भएको थियो । सो कार्यक्रम नीजि तथा आवसीय विद्यालय अर्गानाईजेसन नेपाल, प्याब्सन नेपालगन्ज नगर कमिटी, बाँकेका अध्यक्ष बिकास बर्जाचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । प्याब्सनले विद्यार्थीहरुको शिक्षाको साथै अन्य अतिरिक्त कृयाकलापमा पनि जोड दिदै आईरहेको छ ।

२०७८ मंसिर १०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।