बाँकेको बेतहनी प्रहरी चौकीमा खानेपानी टंकी निर्माण

|

बाँके । बाँकेको बेतहनी प्रहरी चौकीमा खानेपानी टंकी निर्माण भएको छ । टंकी निर्माण भएपछि सेवाग्राहीहरुलाई सहज भएको छ । प्रहरी चौकी इन्चार्ज कुल बहादुर बिकको सक्रियताले नेपाल डेप्लोमेन्ट सोसाइटीले चौकीमा पानी टंकी निर्माण गरे पछि स्थानीयहरु इन्चार्ज विकलाई बधाई दिएका छन् । एक कार्यक्रमका बीच सोसाइटीले ८० हजार लगायतमा निर्माण गरेको सुविधा सम्पन्न टंकीको हस्तान्तरण कार्यक्रममा बोल्दै उबेदुर रहमान खानले प्रहरी चौकीमा सेवा लिन आउने नागरिकको सहजताका लागि उक्त टंकी जडान गरेको बताए । उनले भबिष्यमा थप केहि सहयोग गर्नु परे सोसाइटी तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
टंकी हस्तान्तरण कार्यक्रम बोल्दै तत्कालिन जनअदालतका न्यायाधीश समेत रहेका सामाजिक अभियन्ता मोहम्मद साबिर खानले प्रहरी चौकीमा इन्चार्ज बिकले स्थानीयहरु संग समन्वय गरेर थुप्रै उदारणिय काम गरेको बताए ।

इन्चार्ज बिक आए देखि बेतहनीमा हुने अपराध नियन्त्रणमा आएको बताउदै खानले भने स्थानीय स्तरमा भएको बिवाद चौकीमा नै समाधान हुने हुने गरेको जिकिर गरे । चौकीमा पानी टंकी निर्माण गरे भन्दै सोसाइटीलाई धन्यबाद दिएका थिए । टंकी हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि देखि स्थानीयहरुको सहभागिता रहेको बेतहनी प्रहरीले जनाएको छ ।

२०७८ मंसिर १०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।