हेलम्बू गाउँपालिका-७ सुर्सिङमा आगलागी हुँदा जलेर एक जनाकाे मृत्युु

|
सिन्धुपाल्चोक / सिन्धुपाल्चोककाे हेलम्बू गाउँपालिका-७ सुर्सिङमा साँझ करिब ७ बजे सन्च तामाङको एकतले घरमा आगलागी हुँदा जलेर तामाङका ६ वर्षिय छोरा मनोज तामाङ, सुकुमान तामाङका ५ वर्षिय छोरा मनिष तामाङ र साइँला तामाङका ५ वर्षिय छोरा दिलबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय हेलम्बूबाट गएको प्रहरी नायव निरीक्षक सुनील थापाको टोलीले गाउँलेको सहायतामा करिब ८ः२० तिर आगो निभाएको जानकारी दिएको छ। आगलागी हुँदा तामाङको घरमा बालकहरू मात्र रहेको बताइएको छ।

२०७८ मंसिर ६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।