बाल क्लबका पदाधिकारीहरुलाई बाल अधिकार सम्बन्धि तालिम प्रदान

|

बाँके /  नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा नव गठित नगर तथा स्तरीय बाल क्लब सन्वालका पदाधिकारीहरुलाई बाल अधिकार तथा ब्यवस्थापन सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडामा गठन भएका बाल क्लबका पदाधिकारीहरुलाई तालिम दिईएको हो ।

सो २ दिने तालिममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदी, सामाजिक विकास महाशाखा प्रमुख उपसचिव शोभा शाह, वडा प्रहरी कार्यालयका प्रमुख डिल्ली खड्का, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ, बाल अधिकारकर्मी साहिल अन्सारी र पवित्रा पुरीले सहजीकरण गरेका थिए ।

सो तालिममा बाल अधिकार, बाल क्लब गठन तथा सन्चालसो तालिममा सहभागी नगर स्तरीय बाल क्लब सन्जालका अध्यक्ष नेन्सी शाहले बाल अधिकार सम्बन्धि जानकारी पाएको र सिकेका कुरा आफनो बाल क्लब सन्जालमा पनि सिकाउने बताईन् । सो तालिम ५ र ६ गते सन्चालन भएको थियो । सोही तालिम ३ र ४ गते पनि प्रदान गरिएको थियो ।

२०७८ मंसिर ६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।