नेपालगन्जमा एक बन्दकर्ता पक्राउ

|

बाँके । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका एक कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान नेपालगन्जको औद्योगिक क्षेत्र अगाडीबाट विप्लवका १ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी निरीक्षक ईश्वरदेव गिरीले बताए ।

नेकपाका कार्यकर्ताहरु बिहानै औद्योगिक क्षेत्र अगाडी बसेर सडकमा गुडिरहेका ई–रिक्सा र मोटरसाइकलका साँचोहरु जबर्जस्ती खोसेर यात्रुहरुलाई दुःख दिने गरेको पाइएकाले एकजना बन्दकर्तालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक गिरीले बताए ।

पन्चपुरी नगरपालिका वडा नम्बर ११ सुर्खेत स्थायी ठेगाना भइ हाल जानकी गाउँपालिका वडा नम्बर ३ बस्ने ३३ बर्षिय पुष्कल कुमार माझीलाई नियन्त्रणमा लिइएको गिरीले बताए ।

नेपालगन्जमा लामो दुरी र छिटो दुरीका सार्वजनिक सवारी साधनहरु गुडेको देखिदैन भने निजी सवारी साधनहरु छिट्फुट रुपमा चलेका छन । ई–रिक्सा र मोटरसाइकलहरु पनि कमै मात्रामा चलेका छन ।

२०७८ कार्तिक २९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।