नेपाल बन्दका कारण काठमाडौंका सडकमा आशिंक प्रभाव

|

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण आज काठमाडौंका सडकमा आशिंक प्रभाव परेको छ । काठमाडौंका सडकमा आज विहानैदेखि सार्वजनिक सवारीहरु निकै कम चलेका छन् ।

नीजि सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु भने निर्वाध गुडिरहेका छन् । विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको सामाजिक सन्जालमा व्यापक विरोध भएको देखिएको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । काठमाडौंका चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

२०७८ कार्तिक २९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।