मुस्ताङको हिमपहिरोमा परि १ सय २० चौँरी हराए

|

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरकोट माथिको जङ्गलमा आइतबार हिउँ पहिरो गएको छ । धवलागिरि हिमालको फेदीस्थित उक्त स्थानमा बिहान ११:४० बजे पहिरो गएको थासाङ-२ का वडाध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिए ।

पहिरो गएको स्थानसम्म पुग्न मुस्ताङको सदरमुकाम जोमसोमबाट एक घण्टाभन्दा बढी लाग्दछ । पहिरो गएको स्थानमा सङ्घीय सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्यहरू चन्द्रमोहन गौचन र महेन्द्र थकाली, स्थानीय जनप्रतिनिधि, प्रहरीसहितको टोली पुगी त्यहाँको क्षतिबारे जानकारी लिएको छ ।

हिमपहिरोका कारण स्थानीय सकेन्द्र गौचन र भीम थकालीका १ सय २० वटा चौँरी हराउनुका साथै अन्य केही व्यक्तिको पशुमा पनि क्षति पुगेको जनाइएको छ ।

२०७८ कार्तिक २८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।