बौद्ध अर्घौ सदनमा निर्माणाधिन नयाँ गुम्बालाई तमु धि जापानको सहयोग

|

पोखरा । पोखरा १० रामघाटस्थित बौद्ध अर्घौ सदनमा निर्माणाधीन गुम्बाका लागि तमु धि जापान टोकियोले सहयोग हस्तान्तरण गरेकोछ।
बौद्ध अर्घौ सदनमा आयोजित कार्यक्रममा तमु धि जापानका प्रमुख सरक्षक चर्चित गायक इश्वर गुरुङ, तमु धि जापानका पूर्व अध्यक्ष एवम गण्डकी प्रदेश खेलकुद परिषदका सचिव तेज बहादुर गुरुङ, तमु धिं जापानका पूर्व अध्यक्ष गिरी प्रसाद गुरुङ, बालकृष्ण गुरुङले बौद्ध अर्घौं सदनका सदनका अध्यक्ष क्या.भुवनसिं गुरुङ, गुम्बाका प्रमुख धर्मगुरु खेन्पो शिर लामा गुरुङलाई एकलाख रुपैयाँको चेक हस्तारन्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा तमु धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङ लगाएत बौद्ध अर्घौ सदनको कार्यसमिति, लामा गुरुहरु, गुम्बामा आयोजित पुजामा सहभागीहरुको समेत उपस्थिति रहेको थियो।
रकम हस्तान्तरण गर्दै ईश्वर गुरुङले गुम्बा निर्माणको पुण्यकार्यमा तमु धि जापानले सहयोग गरेको र आगामी दिनमा पनि सहयोग हुने बताउनुभयो । दशैको बेलामा आयोजित शुभकामना कार्यक्रममा सकलित रकममा केही रकम थप गरी गुम्बा निर्माणका लागि सहयोग गरिएको बताउनुभयो ।
रकम ग्रहण गर्दै बौद्ध अर्घौ सदनका अध्यक्ष क्या.भुवनसिह गुरुङले सहयोगका लागि तमु धि जापानलाई धन्यवाद दिदै देश बिदेशमा रहेका सहयोगीहरुको साथ सहयोगले नया गुम्बा निर्माणको अन्तिम चरण तर्फ लम्केको बताउनुभयो ।
कार्यक्रमको सचालन सदनका सचिव मोतीप्रसाद गुरुङले सचालन गर्नुभएको थियो। उक्त कार्यक्रममा तमु धि जापानका प्रतिनिधिहरुलाई बौद्ध अर्घौ सदनको तर्फ खदा लगाएर स्वागत गरिएको थियो।

२०७८ कार्तिक २४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।