दाङ । ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा २ दिने प्रजनन स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न भएको छ।
ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वार्ड नम्बर १५ का वार्ड अध्यक्ष रमेश कुमार पाण्डेयको प्रमुख आतिथ्य एंव घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण घर्तिको बिशिष्ट आतिथ्यमा उद्धघाटन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा महिलाहरुको प्रजनन स्वास्थ्य सँग सम्बन्धित बिभिन्न चरणहरुका बारेमा अन्तक्रियात्मक शैलिबाट प्रभावकारी तरिकाले तालिम संचालन गरिएको थियो भने महिला तथा समाज बिकास शाखाका प्रमुख मोति विश्वकर्माको प्रमुख आतिथ्यमा बिधिवत रुपमा कार्यक्रमको समापन गरिएको थियो । यसैगरी लमही नगरपालिका वार्ड नम्बर ३ मा रहेको मजगाँउमा पनि प्रजनन स्वास्थ्य सम्बन्धि तालिम सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा घोराही र लमहीमा गरि ८० जना महिलाहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको प्रशिक्षकमा सिनियर अनमी निरिक्षक खिमा भुषाल र अनमी शिला आर्चायले प्रशिक्षण दिनुभएको थियो ।






