सल्यान । सल्यानमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु र २६ जना घाइते भएका छन् । सल्यानको जयत पानीबाट दुलधारा, खलंगा हुँदै दाङको तुलसीपुरतर्फ जादै गरेको रा १ ख २५५२ नम्बरको बस बिहान पौने ११ बजेतिर कपुरकोट गाउपालिका–५ खारखोलामा दुर्घटना भएको हो । बस सडकदेखि २०० मिटर तल खोलामा खसेको हो।
दुर्घटनामा ५ जनाको घटनास्थलमै र ३ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीकाअनुसार मृतकको सनाखत हुन सकेको छैन।
घाइतेहरुको उद्धार गरेर उपचारका लागि श्रीनगर र केहीलाई तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ।






