स्लो मोशन बाइक ड्राइभिङ्ग प्रतियोगिता सम्पन्न

|

राप्तिसोनारी । तिहारको विशेष उपलक्ष्यमा लक्ष्मी बेल्डिङ एन्ड पेन्टिङ वर्क्स राप्ती सोनारी-७ लालपुरको आयोजनामा “स्लो मोशन बाइक ड्राइभिङ्ग प्रतियोगिता” राप्ती सोनारी-७ लालपुर खेल मैदान परिसरमा सम्पन्न भएको भएको छ ।
स्लो मोशन बाइक ड्राइभिङ्ग प्रतियोगितामा नरैनापुर र राप्ती सोनारीका ४७ जना प्रतिस्पर्धीले भाग लिएका थिए । जस मध्ये १ मिटर चौडाई र ५० मिटर लम्बाई ट्र्याकमा ११ जनाले मात्र कुनै फल नगरी ट्र्याक पार गरेका थिए ! सबै भन्दा कम समय खचेर पार गर्नेले  १ मिनट १० सेकेन्ड १५ मिनि सेकेन्ड लगाएका थिए भने राप्ती सोनारी -७ झगडिया निवासी राम नरेश गद्दीका सुपुत्र समीर गद्दीले उक्त ५० मिटर लामो ट्र्याक 2मिनेट ३३सेकेन्ड ८९ मिनि सेकेन्ड मा सबै भन्दा बढी समय खचेर सर्बोत्तकृश्ट किर्ती कायम गरेका हुन । भने राप्ती सोनारी -७ कै दहित सप्लायर्सका संचालक सोम राज चौधरीले २ मिनेट २६ सेकेन्ड १९ मिनि सेकेन्ड मा उक्त ५० मि.को दुरी पार गरि दोस्रो भएका थिए । लक्ष्मी बेल्डिङ्ग एन्ड पेन्टिङ वर्क्सका संचालक प्रबन्धक बम बहादुर सिंह ठकुरीको अद्द्यक्षतामा भएको थियो भने राप्ती सोनारी वडा नं.७ का वडा अध्यक्ष राम लखन थारु प्रमुख अतिथि रहेका थिए भने अमर ज्योती मा.वि. लालपुर र दीप प्रकाश आ.वि. लालपुर नयाँ बस्तीका अध्यक्ष द्वय दीपेन्द्र कुमार पान्डे र देव बहादुर खाँड ठकुरी विशेष अतिथी युवा नेता सोभा राम मौर्या , सबिन पुन हरि शंकर पान्डे लगायतले प्राविधिक रेफ्रीको भुमिका निर्वाह गरेका थिए । कार्यक्रमको उद्घोषण तथा संचालन अरुन यादवले गर्नु भएको हो । प्रतिस्पर्धामा सहभागीले रु. २०० दुई सय प्रवेश शुल्क तिरेर सहभागी भएका थिए र प्रथम विजेता समीर गद्दीलाई नगद रु.५००० पुरुस्कार प्रदान गरिएको हो ।

२०७८ कार्तिक १९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।