एम्बुुलेन्स खरिदका लागि देउसी भेलो,दुई दिनमै ६ लाख बढी उठयो

|

कोहलपुर /  हाम्रो समाजमा देउसी भैलो खेले पछि पिकनिक गएर रमाईलो गर्ने पनि प्रचलन छ तर कोहलपुर नगरपालिका वडा नं. १४ मा रहेका युवाहरु भने देउसी र भैलोबाट उठेको रकम सामाजिक कार्यमा खर्च गर्ने भएका छन् ।

समाज सेवा संस्था नेपालले आफनो नेपाली संस्कृति जर्गेणा गर्दै एम्बुलेन्सको लागि देउसी भैलो खेलेको छ । एम्बुुलेन्स खरिदका लागि खेलेको भैलो टिमले दुई दिनमै रु.६००८२५ संकलन गरिसकेको छ । हुलास खाद उधोगबाट रु. १११०००।– , हेप्पी वल्र्ड फन पार्क द्वारा रु. १०००००।–, गणपति प्लाईउड उधोग रु. १,०००००।–, दुगर्डबाट रु. १,०००००।– रकम दिने वाचा गर्नु भएको छ ।

त्यसै गरि समाज सेवा सस्था नेपाल केन्द्रिय कार्यालय कोहलपुर १४ का अध्यक्ष बिनोद थापा द्वारा रु.२३०२१।– दिने घोषणा गर्नु भएको छ । समाज सेवा सस्था नेपालका सदस्य गुरु प्रसाद गडरियाले रु.६१५१।– दिने वाचा गर्नु भएको छ ।

संस्थाको पाचौ अधिवेशनमा घाटिको क्यान्सर पीडित मोतिलाल परियारलाई ६० हजार बढी आर्थिक सहयोग हस्तान्तरण पनि गरि सकेको छ । त्यसै गरि विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने कार्य गरिएको संस्थाले बताएको छ । संस्थाले बाँके जिल्लामा सचेतनामुलक कार्यक्रम सन्चालन गर्दै आईरहेको संस्थाका अध्यक्ष बिनोद थापाको जानकारी दिनुभयो ।

२०७८ कार्तिक १९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।