नेपालगन्ज । एकता युवा क्लब पुरैनिको आयोजनामा पाँचौ रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनिमा रहेको एकता युवा क्लब र प्राइम लाइफ इन्स्योरेन्सको सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन ।
क्लबले गर्नु पर्ने समाजिक उत्तरदायित्व निर्वाह गर्ने उदेश्यले क्लबकै आफनै कार्यालय पुरैनिमा रक्तदान कार्यक्रम आयोजना गरेको थियोे । कोरोना महामारीको समयमा रगतको अभाबको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम राखेको क्लबका अध्यक्ष राजेश कुमार यादवले बताउनुभयो ।
रक्तदान कार्यक्रममा एकता युवा क्लबले बाँकेमा सबैभन्दा बढि रक्तदान गर्नु हुने महिला तर्फबाट सरिता ज्ञवाली , पुरुष तर्फबाट गोपीनाथ बैश्य र प्राइम लाइफ इन्स्योरेन्स, सामाजिक संजाल ब्लड ग्रुप डोनेशन फेसबुक ग्रुपबाट २४ ओै घण्टा रगत संकलन गरि पिडित तथा बिमारीलाई ब्लड उपलब्ध गराउने सामाजिक अभियान्ता सुनिल परियार लगायतलाई दोसल्ला ओढाएर मायाको चिनो हस्तान्तरण गरी सम्मान गरिएको थियोे । साथै चेत बहादुर घर्ती, मंगल जिएम, सुनिल केसि लगायतलाई स-समान गरि मायाको चिनो हस्तान्तरण गरिएको क्लबका अध्यक्ष राजेश कुमार यादवले बताउनु भयो ।






