बी–ग्रुपद्धारा राप्तीसोनारीका २५ कृषकलाई ५० वटा बाख्रा वितरण

|

राप्तीसोनारी(बाँके) / स्थानीय कृषकहरुको आय आर्जन बृद्धि तथा विपद् उत्थानशील समुदाय निर्माणका लागि राप्तीसोनारी गाउँपालिकाको वडा नं. ६ र ७ मा रहेका महिला शसक्तिकरण केन्द्रका २५ जना सदस्यहरुलाई प्रति सदस्य २ वटा माउ बाख्रा गरि जम्मा ५० वटा बाख्रा वितरण गरिएको छ ।

भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेले क्षमता अभिबृद्धि तथा आर्थिक विकास मार्फत उत्थानशील समुदाय निर्माण परियोजना अन्र्तगत संस्थाका अध्यक्ष टेक बहादुर पुनले समुहका सदस्यहरुलाई हस्तान्तरण गर्नु भएको हो । बाख्रा हस्तान्तरण कार्यक्रममा बोल्दै बी–ग्रुपका अध्यक्ष पुनले समुदायको समुदायको विपद् पुर्वतयारी र प्रतिकार्यमा क्षमता बढाउनुका साथ साथै आर्थिक रुपमा पनि सक्षम बनाउने उद्धेश्यले बाख्रा वितरण गरिएको बताउनु भयो ।

गत वर्षमा बाख्रा वितरण गरेको हरियाली महिला शसक्तिकरण केन्द्र वडा नं. ७ र सृजनशील महिला शसक्तिकरण केन्द्र वडा नं.६ टेपरीलाई बीउका लागि एक एक वटा बोयर जातको बोका पनि सहयोग गरिएको छ ।यो कार्यक्रम राप्तीसोनारी गाउँपालिकाको सहकार्य, एडब्लुओ इन्टरनेशनल र एडिएचको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) ले बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकामा सञ्चालन गरि रहेको बी–ग्रुपका कार्यक्रम संयोजक राम निबास यादवले जानकारी दिनुभयो ।

 

२०७८ कार्तिक १२, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।