कोहलपुर / समाज सेवा संस्था नेपालले पाँचौैं बार्षिक साधारणसभा तथा बार्सिक उत्सव भब्य रुपमा संस्थाको कार्यालयमा बुुधवार केक काटेर सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले केक काटेर उदघाटन गर्नुभएको थियो । उद्घाटन गर्नु हुदै रावतले संस्थालार्य सामाजिक कार्यमा सदैव लागि रहन शुभकामना ब्यक्त गर्नुभएको थियो ।
स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष रमिता चौधरीले गर्नुभएको थियो भने संस्थाको कार्य प्रगति विवरण संस्थाका अध्यक्ष्ँ विनोद थापाले प्रस्तुत गर्नुभएको थियो । सोही कार्यक्रममा घाटिको क्यान्सर पीडित मोतिलाल परियारलाई ६० हजार बढी आर्थिक सहयोग हस्तान्तरण पनि गरिएको छ ।संस्थालाई सहयोग गरेका विभिन्न सामाजिक क्षेत्रमा कृयासिल संस्था तथा ब्यक्तिहरुलाई पनि सम्मान गरिएको छ ।
सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख झन्कर बहादुर रावल, अधिवक्ता लोक बहादुर शाह, बल बहादुर भन्द, गैसेस, बाँकेका अध्यक्ष नमस्कार शाह, बासका अध्यक्ष मन रमेश सिटौला, बासका प्रर्व अध्यक्ष मन भण्डारी आईएचआरस्का कृष्णमुरारी प्रसाद भट्ट, नेपाल युवा परिषद लुम्बिनी प्रदेका संयोजक सोम गुरुङ्ग लगायतको सहभागिता रहेको थियो ।
संस्थाले बाँके जिल्लामा सचेतनामुलक कार्यक्रम सन्चालन गर्दै आईरहेको छ । सो कार्यक्रम संस्थाका अध्यक्ष बिनोद थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।






