एमाले अध्यक्ष ओलीद्वारा पालिका अधिवेशनको उद्घाटन

|

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पालिका अधिवेशन उद्घाटन गर्नुभएको छ ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालय थापाथलीबाट अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अधिवेशन उद्घाटन गर्नुभएको हो । अध्यक्ष ओलीले अधिवेशनहरु भव्यताका साथ सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिनुभयो ।

‘म केन्द्रीय कार्यालयबाट एकमुष्ट रुपमा अधिवेशन उद्घाटन भएको घोषणा गर्दछु । यस्तो अधिवेशन एकैपटक जुमको माध्यमबाट उद्घाटन गर्नु सजिलो कुरा होइन । विज्ञान र प्रविधिको माध्यमबाट यो सम्भव भएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

२०७८ कार्तिक ९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।