बाँके र बर्दिया जिल्लामा कोभिड नियन्त्रणमा सहयोगीको भुमिका खेल्दैै बी–ग्रुप

|

नेपालगन्ज / बाँके र बर्दिया जिल्लामा कोभिड नियन्त्रणमा बी–ग्रुपले नेपाल सरकारलाई सहयोग गरि सहयोगीको भुमिका खेलिरहेको छ । भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) ले अष्ट्रलियन एडको आर्थिक सहयोगमा केयर नेपालसँग साझेदारी गरी बाँके र बर्दिया जिल्लामा सञ्चालन भइरहेको कोभिड–१९ आपतकालिन प्रतिकार्य तथा पुनर्लाभ परियोजना अन्तर्गत कोभिड–१९ भ्याक्सिनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक कोल्ड चेन सबलीकरण गर्न २२५ लिटर क्षमताको आइस ल्याण्ड रेफ्रिजेरेटर तीन थान र १६० लिटर क्षमता चेस्ट रेफ्रिजेरेटर तीन थान सहयोग उपलब्ध गराएको छ ।

स्वास्थ्य कार्यालय बर्दिया, स्वास्थ्य कार्यालय,बाँके र खजुरा गाउँपालिकाको स्वास्थ्य शाखालाई कोभिड–१९ भ्याक्सिनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक कोल्ड चेन सबलीकरण गर्न २२५ लिटर क्षमताको आइस ल्याण्ड रेफ्रिजेरेटर एक थान र १६० लिटर क्षमता चेस्ट रेफ्रिजेरेटर एक थान तिनवटा संस्थामा १९ लाख ३२ हजार ३ सय रुपियाँ रकम बराबरको सहयोग उपलब्ध गराएको हो ।
बी–ग्रुपले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँके र बर्दिया, सम्बन्धित स्थानीय तहका स्थानीय विपद व्यवस्थापन समितिसँग समन्वय गरी कोभिड–१९ को शुरुवात देखि नै बाँके र बर्दिया जिल्लामा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी एवं स्वयं सेवकहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीहरु सहयोग गरेको थियो भने जिल्लामा रहेका कोभिड अस्पताल, क्वारेन्टिन, आईसोलेशन वार्डहरुमा आवश्यक हाईफ्लो न्याशल क्यानूला, अक्सिजन कन्सन्ट्रेशन र वाईप्याप जस्ता मेडीकल इक्यूपमेन्ट सहयोग उपलब्ध गराएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दिया, बाँके र खजुरा गाउँपालिकासँग समन्वय गरेर कोभिड–१९ भ्याक्सिन अभियानलाई प्रभावकारी बनाउन जिल्ला तथा पालिकाको कोल्ड चेनको क्षमता बढाउन आइस ल्याण्ड रेफ्रिजेरेटर र चेस्ट रेफ्रिजेरेटर सहयोग उपलब्ध गराएको छ । सामग्री प्राप्त गरेपछि जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले प्राप्त भएका कोल्ड चेन इक्यूपमेन्टले जिल्लामा कोभिड–१९ भ्याक्सिनको अभियानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने कुरा व्यक्त गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कार्यालय प्रमुख धिरजङ्ग शाहले नेपाल सरकारले सञ्चालन गरिरहेको भ्याक्सिन अभियानमा कोल्डचेनलाई प्रभावकारी बनाउन प्रदान गरिएको सामाग्री सहयोगी हुने कुरा व्यक्त गर्नु भयो ।

सामाग्री हस्तान्तरणका समयमा उपस्थित बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले कोल्डचेनका हस्तान्तरण गरिएका यी इक्यूपमेन्टले नेपाल सरकारको कोभिड–१९ को भ्याक्सिन अभियानलाई प्रभावकारी बनाउन योगदान पु¥याउने छ भन्ने विश्वास रहेको कुरा व्यक्त गर्नुभएको थियो ।

२०७८ कार्तिक ९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।