डुडुवा गाउँपालिकाको वडा नं ५ बाल विवाह मुक्त घोषणा हुदै

|

डुडुवा। बाँकेको डुडुवा गाउँपालिकाको वडा नं ५ बाल विवाह मुक्त घोषणा गर्न तयारी अवस्थामा रहेकोे छ । वडालाई बाल विवाह मुक्त घोषणा गर्ने अन्तिम चरणमा पुगेको छ । वडालाई घोषणा गर्नका लागि सोमबार वडामा सरोकारवालासंग संयुक्तरुपमा बृहत छलफल समेत गरिएको छ ।

सो सरोकारवालाहरुको छलफलले कार्तिक २३ गते वडालाई बालविवाह मुक्त वडा घोषण गर्ने सहमति जुटेको डुडुवा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष प्रशुराम बुढाथोकीले जानकारी गराउनुभयो । डुडुवा गाउँपालिकालाई नै बाल विवाहमुक्त पालिका घोषणाका लागि बिभिन्न कार्यक्रमहरु सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) बाँकेले प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाल विवाह रोकथाम परियोजना सन्चालन गर्दै आएको छ ।

यस अभियानकै क्रममा पालिकाकै पहिलो वडाका रुपमा वडा नं ५ लाई बाल विवाह मुक्त वडा घोषणा गर्न लागेको स्याक नेपालका फिल्ड सुपरभाईजर आकृति यादवले बताईन् । त्यसै गरि राप्ती सोनारी गाउँपालिकाको वडा नं.७ लाई यहि कार्तिक ११ गते बाल विवाह मुक्त वडा घोषणा गरिने तयारी भईरहेको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिनुभयो ।

२०७८ कार्तिक ८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।