स्वास्थ्यकर्मीहरुलाई ईमप्लान्ट प्रयोग सम्बन्धी ८ दिने तालिम

|

बाँके /  स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजनामा अष्ट्रेलियन एड, केयर नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेको आर्थिक सहयोगमा खजुरा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई ईमप्लान्ट सही तरिकाले प्रयोग गर्ने बारे ८ दिने तालिम शुरु आजबाट शुरु भएको छ ।

सो तालिमको प्रशिक्षकमा भेरी अस्पताल प्रमुख नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ, सिनियर अनेम ममता श्रेष्ठ, काउन्सिलर कमला शाह घले र संस्थापक क्लिनिक तथा तालिम केन्द्रका संयोजक सुभद्रा रोका रहनु भएको छ ।

सो ८ दिने तालिममा सिद्धान्त सगँ सगैं अभ्यास पनि गराईने बी-ग्रुपका कार्यक्रम संयोजक दुर्गा पन्थीले जानकारी दिईन् । सो तालिममा इम्प्लान्ट प्रयोग गर्न इच्छुक ग्राहकलाई कसरी परामर्श दिने, ईम्प्लान्टले गर्भ कसरी रोक्छ र यसको विशेष काम बारे जानकारी दिने, ईमप्लान्ट प्रयोगको लागि संकेत तथा साबधानिको बारे, ईम्प्लान्ट राख्न ग्राहक छनौट र परिक्षण र सिफारिस गरियको संक्रमण रोकथामको ब्यबहार प्रयोग गर्न, इम्प्लान्ट राख्न र झिक्न दक्षता बनाउने, ईमप्लान्ट प्रयोग सम्बन्धी आबश्यक सिपको विकास गराउने उद्धेश्यले याे तालिमको आयोजना गरिएको आयोजक संस्थाले बताएको छ ।

२०७८ कार्तिक ७, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।