काठमाडौ । जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको अध्यक्षतामा निजि आवास पुनःनिर्माण तथा पुनःस्थापना सम्बन्धि अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्राधिकरणका सहसचिव, उपसचिव लगायत अन्य कर्मचारीहरु, डिपि नेट लगायत राष्ट्रिय स्तरका सरकारी तथा गैर सरकारी संघसंस्थाहरु र भर्चुअलमार्फत विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, विभिन्न प्रदेशका विपद् सम्पर्क व्यक्ति, नगरपालिका तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा विपद् सम्पर्क व्यक्ति गरी लगभग २५० जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा प्राधिकरणका उपसचिव तथा प्रवक्ता डा डिजन भट्टराईले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०७७ र अनुदान वितरणमा हालसम्मको प्रगति विवरण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।






