सुर्खेतमा बम बिस्फोटमा परी दुई जना घाइते

|

सुर्खेत / कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् ।
वीरेन्द्रनगर नगरपालिका-७, स्थित कटकुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो ।

विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जानकारी प्राप्त भएको छ।

२०७८ कार्तिक ६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।