ललितपुर । नेपाल आदिवासी जनजाति अन्तर्रास्ट्रिय महासंघको प्रथम महाधिवेसनले मान राना मगर (अमेरिका)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
ललितपुरस्थित होटल हिमालयमा हिजोदेखि सुरू भएको महाधिवेसनले नयाँ कार्य समिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा लोचन राई (दक्षिण कोरिया), महासचिवमा शिवकुमार भुजेल (कतार), सचिवमा हवलचन्द्र लामा (जापान), कोषाध्यक्षमा रश्मि थापामगर (क्यानडा) चयन भएका छन् ।
रिक्त रहेको महिला उपाध्यक्ष, महिला सचिव सहित सदस्यहरूको पछि कार्य समितिले मनोनयन गर्ने छ । निर्वाचन समितिका संयोजक हुम सुनारी मगरले निर्वाचन सम्पन्न भएको घोषणा गरेका थिए ।






