हराएका ब्यक्तिलाई ईन्चार्ज कुल बहादुर विकले आफन्तलाई बुझाए

|

बाँके /  नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ सेतु विक निवासी हराएका अन्दाजी ६० बर्षिय अक्तर अलि आज बेतहनी बजारमा फेला परेका छन् । बेतहनी बजारमा प्रहरी चौकी, बेतहनीले गस्ती गरिरहेको समयमा साढे ९ बजे फेला पारि आज नै आफन्तलाई बुझाएको छ ।

मेराज सल्मानीले असोज ३० गते शनिवार सामाजिक सन्जालमा फोटो सहित हराएको सुचना प्रवाह गरेका थिए । सल्मानीले कसैले भेटाएमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई दिन र मोबाईल नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेका थिए ।

यसरी सामाजिक सन्जालमा फोटो र सुचना देखे पछि प्रहरी चौकीका ईन्चार्ज कुल बहादुर विकले मेराज सल्मानीलाई फोन सम्पर्क गरि जिम्मा लगाईएको जानकारी दिनुभयो ।

 

२०७८ कार्तिक १, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।