खजुरामा ५५ औं अन्तराष्ट्रिय साक्षरता दिवस मनाइयो

|

खजुरा। खजुरा गाउँपालिकामा ५५ औं अन्तराष्ट्रिय साक्षरता दिवस बिबिध कार्यक्रम गरि सम्पन्न भएको छ । खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजना प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक बाँके तथा अन्य विभिन्न गैससहरुको सहकार्य रहेको थियो । प्रमुख अतिथी खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिकले पालीका स्तरको साक्षरता दर न्युन भइसेको र पालीकाले साक्षरता गाउँपालिका घोषण गरीसकेपनी यसका केहि अबसेषहरु रहेकाले सबं पक्षले महत्वपुर्ण रुपमा आआफानो तर्फदेखि लाग्नु पर्ने कुरामा जोड दिनुका साथै पुरस्कृत हुने शिक्षक तथा बिधालयलाइ स्वागत तथा सुभकामना ब्यक्त गर्नु भयो ।

कार्यक्रमको समापन गदै खजुरा गाउँपालिका प्रमुख तथा शिक्षा समितीका अध्यक्ष किस्मत कुमार कक्षपतीले बिधालय स्तरको शिक्षा नमुना बनाउनका लागी गाउँपालिकाले बिभिन्न खाले कार्यक्रमहरु ल्याइरहेको र पालीका स्तरमा काम गर्ने दातृनिकायको ,गैसस संग सहकार्य गरी बाल मैत्री लैगिंक मैत्री शिक्षण पद्धती तथा नमुना बिधालयको रुपमा हेर्न चाहेको र सोही अनुसारको योजनाका साथ पालीका अगाडी बढेको बताउनु भयो । बिधालयको शैक्षिक गुणस्तिर बृद्धिका लागी बिधालय ब्यबस्थापन समिती शिक्षक प्रधानाध्यापकहरुको महत्वपुर्ण भुमिका हुने भएकाले मात्र गुणस्तिरिय शिक्षा बालबालीकाले हासिल गर्ने भएको हुदा गाउँपालिकाले राम्रो गर्ने सरोकारवालाहरुलाइ सम्मान तथा पुरस्कृत गर्ने योजना समेत रहेको बताउनु भयो ।

उक्त कार्यक्रममा गाउँपालिका स्तरका बिधालयहरुमा अध्यापन गराउने शिक्षक, प्रधानाध्यापक, बिधालय ब्यबस्थापन समितीका पदाधिकारी हरुलाइ सम्मान गरिएको छ । भने खजुरा गाउँपालिका भित्रका सामुदायिक बिधालयहरुको बाल मैत्री तथा लैगिंक मैत्री गुणस्तरिय शिक्षाका लागी खजुरा गाउँपालिका संगको समन्वयमा परियोजना मार्फत काम गर्ने प्लान इन्टरनेशनल नेपाल तथा स्याक नेपाल बाँकेलाइ समेत सम्मान गरिएको छ । परियोजना संचालन भएको बिधालय अम्बेमाता आधारभुत बिधालय गाउँपालिका स्तरमा नमुना बिधालयको रुपमा छनौट भएको छ । उक्त कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा समितीका पदाधिकारीहरु, सामुदायिक बिधालयका प्राधानाध्यापक,बिधालयका शिक्षकहरु, बिभिन्न गैसस कर्मीहरुको सहभागीता रहेको थियो ।

पुरस्कृत हुने प्लान इन्टरनेशनल नेपाल तथा स्याक नेपाल बाकेबाट संचालन भएको सिकाइ परियोजना संचालन भएका बिधालयका शिक्षक बिधालय ब्यबस्थापन समितीका पदाधिकारीहरु समेत रहेको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।खजुरा गाउपालीकामा ५५ अन्तराष्ट्रिय साक्षरता दिवस खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतीको अध्यक्षतामा सम्पन्न गरिएको छ ।

२०७८ भाद्र २३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।