स्याक नेपालको २७ औ साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः शिलवाल पाण्डे

|

बाँके /  सामाजिक सचेतन सरोकार मन्च( स्याक नेपाल) को २७ औं बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण आज सम्पन्न भएको छ । सो साधारण सभा कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले आगामी फागुन महिना भित्र बाँके जिल्लालाई बाल विवाह मुक्त गर्ने लक्ष्य रहेको बताउनुभयो । साथै यो अभियानमा स्याक नेपालले बाँके जिल्लामा महत्वपुर्ण भुमिका खेलेको समेत बताउनुभयो ।

सो कार्यक्रममा शुभकामना मन्तब्य राख्नुुहुनेमा नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग, गैसस, बाँकेका अध्यक्ष नमस्कार शाह, गेरुवा ग्रामिण जागरण संघका अध्यक्ष कृष्ण जङ्ग शाह, राष्ट्रिय मानव अधिकार आयोगका रमेश रावतले संस्थाको प्रगतिको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।
सोही कार्यक्रममा शंकर न्यौपानेले संस्थाको सामाजिक परिक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा उत्कृष्ठ कर्मचारीहरु अर्मिला रोकाय, अकलिम खान, कृष्ण गिरी, सिमा वली, सुनिता थारु, बबिता शाह, जगदिश थापा, शेषकान्त शर्मा, लक्ष्मी प्रसाद शर्मा, होम कुमार चाैधरीलाई प्रमाण पत्र र दोसल्ला ओढाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तव र स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले सम्मान गर्नुभएको थियो । २७ औ साधारण सभाबाट नयाँ कार्य समिति समिति चयन गरिएको छ । नव निवार्चित कार्य समितिमा अध्यक्षमा पुनः शिवलाल पाण्डे, उपाध्यक्षमा सरस्वती बुढा, सचिवमा भद्री क्षेत्री, सहसचिवमा बिष्णुअधिकारी, कोषाध्यक्षमा चन्द्रराज गिरी भने सदस्यहरुमा कल्पना अधिकारी, कैलाश श्रेष्ठ, काजल खान र बशन्ती परियारको ९ सदस्यीय सर्वसम्मत चयन गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले बताउनुभयो ।

२०७८ भाद्र २२, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।