सीआइबीको इन्स्पेक्टर हुँ भन्दै धम्की दिने एक युवक पक्राउ

|

बाँके । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को इन्स्पेक्टर हुँ भन्दै धम्की दिने एक युवक पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका ११ बसपार्क क्षेत्रका होटलहरुमा आफूलाई सीआइबीको इन्स्पेक्टर हुँ भन्दै धम्की दिइरहेको अवस्थामा प्रहरीले ती युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यान दार्माकोट गाउँपालिका २ का दिपेन्द्र रोकाय छन् । उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

रोकायले आफूलाई सीआइबीको इन्स्पेक्टर हुँ भन्दै त्यस क्षेत्रका होटलहरु तथा सर्वसाधारणलाई डर त्रास देखाई हैरानी दिएको सूचनाको आधारमा पक्राउ गरिएको हो । उनले मिसन रोकाय क्षेत्रीको नामबाट खोलेको फेसबुकमा समेत सीआइबीको लोगोमा आफ्नो फोटो टाँसेर पोष्ट गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ रोकायबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

२०७८ भाद्र २०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।