काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन । पार्टी विभाजनपछि नेता/ कार्यकर्तासँगको भेटघाट र सक्रियताको कारणले उनी अस्वस्थ भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए।
ओली बिरामी भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ।
‘यो बीचमा पार्टीको कामले धेरै दौडधुप भएकाले होला ज्वरो आएको छ’,उनले भने, ‘ आजका लागि तय भएको भेटघाट तथा भेला कार्यक्रम बन्द गरिएको छ।’






