सरोकारवालाहरु बाल विवाह विरुद्ध अभियानमा सक्रिय भएर लाग्ने प्रतिबद्धता

|

नेपालगन्ज /  बाँकेका स्थानीय सरोकारवाला निकायहरु बाल विवाह विरुद्ध अभियानमा सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । बाल विवाह न्यूनीकरणका लागि सरोकारवालाहरुसँगको संवाद कार्यक्रममा सो प्रतिबद्धता जनाएका हुन् । सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाँकेको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोग र जिल्ला प्रहरी कार्यालय, बाँकेको समन्वयमा सरोकारवाला निकायसँग बृहत छलफल नेपालगन्जमा सम्पन्न भएको छ ।

बाल विवाह रोकथाम परियोजना अन्तरगत कार्यक्रममा ५ वटा पालिकाहरुबाट वडा अध्यक्ष तथा प्रहरी प्रमुखहरुको सहभागिता रहेको थियो । जानकी गाँउपालिका वडा नं. ४ का अध्यक्ष विश्राम बर्मा, खजुरा वडा नं.३ का अध्यक्ष कन्तुराम गौतम, नेपालगन्ज उप–महानगरपालिका वडा नं.७ वडा अध्यक्ष जुमन खाँ, नेपालगन्ज वडा नं.२२ का वडा अध्यक्ष विद्याराम बर्मा, नेपालगन्ज वडा नं. १० का वडा अध्यक्ष विन्दुभुषण बस्नेत, नेपालगन्ज वडा नं.२ का वडा अध्यक्ष सुरेन्द्रसिंह हमाल, नेपालगन्ज वडा नं. १२ का वडा अध्यक्ष बुद्धिसगर सुवेदी, साथै नरैनापुर, डुडुवा गाउँपालिका प्रमुखहरु तथा बाल क्लब, युवा क्लब, लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जुमन खाँले अहिले बाँकेमा बाल विवाह गर्ने चलन कम भएको र समुदायमा जनचेतना फैलिएकोले बाल विवाह कम हुने गरेको वडा अध्यक्ष खाँले बताउनुभयो ।

सो कार्यक्रमको सहजीकरण अधिवक्ता बशन्त गौतमले गर्नु भएको थियो । सो सहजीकरणमा बोल्नु हुदै नेपाल प्रहरीले सूचनाको गोपनियता कायम राख्नु पर्नेमा जोड दिनुभयो। प्लान ईन्टरनेशनल नेपाल, क्षेत्रीय कार्यालयले सुर्खेतको क्षेत्रिय प्रबन्धक मीना पराजुलीले बाल विवाह रोकथाममा प्रहरीको भुमिका महत्वपूर्ण रहेकोमा बताउनुभयो । बाँके जिल्लामा अहिले सम्म १५ वटा वडाहरु बाल विवाह मुक्त घोषणा भैसकेको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले बताए ।

२०७८ भाद्र १८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।