४ सिस्ने खोलामा आएको बाढीले गाडी बगाउँदा ४ जनाको मृत्यु

|

दाङ । दाङको सिस्ने खोलामा आएको बाढीले कार बगाउँदा चारजनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्ने खोलामा आएको बाढीले गाडी बगाउँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई खोलाले बुधबार राति करिब १० बजेतिर बगाएको थियो । खोलामो बगेर मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ बस्ने ४० वर्षीया रिता माया पुन, सोही ठाउँकी ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३१ वर्षीया राधा कुँवर र सोही ठाउँकी ४२ वर्षीया विमला केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गाडी चालक घोराही १५ का ४० वर्षीया नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ । मृतक ४ जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रवक्ता रिजालले जानकारी दिए ।

२०७८ भाद्र १६, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।