काठमाडौ । कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ । परीक्षा असाेज ८ गतेसम्म संचालन हुनेछ ।
यसअघि गएकाे जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आउँदो ३० गतेदेखि सुरु हुने भएको हो ।कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।






