
बाँके । जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्र कुमार चौधरी तथा बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीलाई पितृशोक परेको छ ।
गाउँपालिका अध्यक्ष चौधरीका बुवा हरिनारायण चौधरीको बुधबार ८५ वर्षको उमेरमा निधन भएको हो । उहाँको उपचारका क्रममा भारतको हरियाणा लैजाने क्रममा लखिमपुर खिरीमा बुधबार अपरान्ह साढे ४ बजे निधन भएको छ ।
चौधरी पछिल्लो केही समययता बिरामी हुनुहन्थ्यो । उहाँमा मुटु सम्बन्धी समस्या रहेको गाउँपालिका प्रेस सल्लाहकार राकेश कुमार मिश्रले जानकारी दिनुभयो ।