स्थानिय तहको योजना प्रक्रियामा युवा सहभागिता हुनुपर्नेमा जोड

|

नेपालगंज / नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौं को आयोजनमा IFES को सहयोगमा संचालित सुशासनका लागि युवा परियोजना अन्र्तगत स्थानिय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धी नमुना कार्यबिधि कार्यान्वय बिषयक अन्तरक्रिया कार्यक्रम भर्चुअल रुपमा सम्पन्न भएको छ ।

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानिय तहमा स्थानिय तहको योजना निर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उदेश्यले स्थानिय तहको आवश्यकता र प्राथमिकताको अधारमा युवासंगको सहकार्यमा व्यस्थित र प्रभावकारी बनाउन स्थानिय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धी कार्यविधी २०७८ स्वीकृत गरेको छ ।

सो कार्यक्रममा कार्यबिधी बारे जानकारी राष्ट्रिय युवा परिषदका प्रशासन प्रमुख डा.बाबुराम ढुङ्गानाले गर्नु भएको थियो । नेपालगंज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरको प्रमुख अतिथीमा कार्यक्रम रुपमा छलफलमा उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण आयोनका उपाध्यक्ष अशोक खनालले गर्नु भएको थियो । कार्यक्रममा ३५ जना युवाहरुको उपस्थिती रहेको नेपाल युवा संस्था संजाल आयोन बाँकेका फोकल र्पसन राजन बर्माले जानकारी दिए ।

२०७८ भाद्र १३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।