खजुरा गाउँपालिका वडा नं. १ वालविवाह मुक्त वडा घोषणा

|

खजुरा (बाँके) / खजुरा गाउँपालिका वडा नं. १ लाई वालविवाह मुक्त वडा घोषणा गरिएको छ । आइतवार एक समारोहका वीच वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो । वडा नं. १ की कार्यवाहक अध्यक्ष फत्तेकुमारी जैसीले वडा नं.१ लाई बालविवाहमुक्त वडा घोषणा तथा प्रतिवद्धता पढेर सुनाएपछि पालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले उक्त प्रतिवद्धतापत्र वडालाई हस्तान्तरण गरे ।

वडामा गरिएको सर्वेक्षण अनुसार २० प्रतिशतभन्दा तल अर्थात खजुरा १ मा १६ दशमलव १२ प्रतिशत वालविवाहको अवस्था रहनुका साथै बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालविवाह मुक्त अभियान संचालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेकोलगायतका मापदण्ड पूरा भएकाले वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।

हामी सबैको प्रतिवद्धता : बाल विवाह विरुद्धको साझा प्रतिवद्धता भन्ने मूल नाराका साथ वडा नं.१ लाई बाल विवाह मुक्त वडा घोषणा सभा २०७८ लाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यवाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताए ।

उनले खजुरालाई नमूना गाउँपालिका बनाउने अभियान अन्तरगत नमूनाको एउटा सूचक वाल विवाहमुक्त पालिका हुनु पर्ने भएकाले वडापछि पालिकालाई घोषणा गर्ने अभियानमा रहेको उल्लेख गरे ।

२०७८ भाद्र १३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।