
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको गएराती नेपालगन्जस्थित नर्सिङहोममा मृत्यु भएको छ । गाउँपालिकाका राजनीतिक सल्लाहकार किशोर थापाका अनुसार, प्रेसर लो भएपछि शुक्रबार साँझ ६ बजे अस्पताल लगिएको थियो । राती एक बजे मृत्यु भयो । २०७४ सालको स्थानीय निर्वाचनमा यादवले एमालेबाट चुनाव जितेका थिए ।