नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोरद्धारा राजीनामा

|

काठमाण्डौं /  नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षक वाटमोरबाट एक्कासी आएको राजीनामाबाट अचम्भित भएको जनाएको छ।

राष्ट्रिय टोलीसँग यतिखेर ओमानमा रहेका अष्ट्रेलियाली नागरिक वाटमोरले इमेलमार्फत् राजीनामा पठाएको क्यानले जनाएको छ। यसै वर्षको सुरुमा उनले एक वर्षका लागि नेपाली टोलीको प्रशिक्षण सम्हाल्ने सम्झौता क्यानसँग गरेका थिए।

संघका अध्यक्ष चतुरबहादुर चन्दले वाटमोरले ओमान भ्रमणपछि आफूले प्रशिक्षकको जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने जानकारी गराएको जानकारी दिए। राजीनामामा उनले पारिवारिक जिम्मेवारीका कारण नेपाली टिमको प्रशिक्षण सम्हाल्न नसक्ने जानकारी गराएका छन्। नेपाली क्रिकेट टीम अहिले क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजका लागि ओमान गएको छ ।

 

२०७८ भाद्र ११, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।