प्रत्याभूत संचार कार्यक्रमले समुदायको क्षमता अभिवृदी हुदै

|

बर्दिया / बारबर्दियाका स्थानीय नागरिकहरुमा प्रत्यामुतसचार कार्यक्रमले क्षमता अभिवृद्धि भएको छ । प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको आर्थिक सहयोगमा स्याक नेपाल बाँके दृारा संचालित प्रत्याभुत संचार परियोजना अन्र्तगत अभिभावकहरुलाई प्रत्याभूत संचारको बारेमा अभिमुखिकरण कार्यक्रम बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं ४ पद्दनाहमा सम्पन्न गरिएको छ ।

उक्त अभिमुखिकरण कार्यक्रमको मुख्य उद्देश्य सहभागिहरुलाई प्रत्याभूत बाल बालिकाहरुको फोटो किन खिचिन्छ,उनिहरुको सुचनाहरु बार्षिक रुपमा किन लगिन्छ, उक्त सुचना तथा फोटोहरु के काममा प्रयोग हुन्छ र यस प्रत्याभूत संचार कार्यक्रमले समुदाय बिकासका कामहरुमा खेल्ने भुमिका र समुदाय बिकासमा प्रत्याभूत बालबालिकाको महत्वको बारेमा जानकारी गराउने र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित बिभिन्न परियोजनाको बारेमा समुदायका ब्यक्तिहरुलाई जानकारी गराई उक्त कार्यक्रमहरुमा प्रत्याभूत बालबालिका र उनिहरुको परिवारको सहभागितालाई बढाउने उद्देश्यले आयोजना गरिएको थियो । उक्त कार्यक्रममा पद्दनाहाका जम्मा २२ जना प्रत्याभूत परिवारहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रमका सहभागीहरुलाई स्याक नेपाल बाँकेको तर्फबाट प्रत्याभूत संचार परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत शेषकान्त शर्मा ले स्वागत गरेका थिए भने कार्यक्रमको ब्यवस्थापन र सहजिकरण फिल्ड सुपरभाईजर सुमिता चौधरी र आशा भणडारीले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा सहभागीहरुले आफ्नो जिज्ञासाहरु पालैपालो राखेका थिए र उनिहरुको जिज्ञासाहरुको उत्तर शेषकान्त शर्माले दिनुभएको थियो ।

कार्यक्रमका सहभागि उमा थारुले यस प्रत्याभूत संचार कार्यक्रममा सहभागि भएको ३ वर्ष भयो र यस कार्यक्रममा मेरो बच्चाको फोटो खिच्नथाले देखि म प्लानको बिभिन्न तालिमहरुमा सहभागि हुन पाएको छु जस्ले गर्दा मेरो क्षमता बिकास भएको छ । र मेरो छोरीको पढाईमा धेरै सहभागि भएको छ । बेलाबेलामा स्टेस्नरी,झोला र बिरामि पर्दा उपचार खर्च सहयोग हुदै आएको छ ।ू

यसै गरि बर्दियाको मधुवन नगरपालिका, बाराबर्दिया नगरपालिका र बढैयाताल नगरपालिकामा प्रत्याभूत बालबालिकाहरुको अतिरिक्त क्रियाकलापहरु संचालन गरिएको छ । उक्त कार्यक्रममा जम्मा ६० जना प्रत्याभूत बालबालिकाहरु सहभागि भएका थिए । उक्त कार्यक्रममा सहभागि बालबालिकाहरुले चित्रकलाको माध्यामबाट आफ्नो समुदायमा बालबालिकाको लागि उच्च जोखिममा रहेको स्थानको बारेमा नक्साड्ढन गरेका थिए । साथै सहभागिहरुलाई बिभिन्न खेलको माध्यमबाट बाल संरक्षणको बारेमा जानकारी गराईएको थियो ।

उक्त कार्यक्रममा चित्रकला र खेलमा प्रथम द्दितिय र तृतीय स्थान ल्याउनेलाई पुरुस्कार स्वरुप क्यालकुलेटर,कपी र ज्यामीती बक्स प्रदान गरिएको थियो । उक्त कार्यक्रम परियोजनाका सिनियर कार्यक्रम संयोजक शेषकान्त शर्माले गर्नुभएको थियो । कार्यक्रमको ब्यवस्थापन फिल्ड सुपरभाईजरहरु आशा भण्डारी, सुमीता थारु, जयकिसन थारु र आरती थारुले गर्नु भएको थियो । यसै सन्दर्भमा बारबर्दिया नगरपालिकामा प्रत्याभूत बालबालिकाहरुलाई चिठि लेखन तालिम सम्पन्न गरिएको छ । जम्मा २२ जना प्रत्याभूत बालबालिकाहरुको सहभागितामा आफ्नो सहयोगी दातालाई कसरी चिठि लेख्ने, सहयोगि दाताले आफ्नो प्रत्याभूत बालबालिकाहरुबाट के जान्न चाहान्छन् र चिठिमा के के कुराहरु लेख्नु हुदैन भन्ने बारे जानकारी गराईएको थियो ।

 

२०७८ भाद्र ११, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।