राजापुरका स्थानीय नागरिक प्रत्याभूत संचार कार्यक्रम बारेमा सचेत हुदै

|

बर्दिया /  राजापुर नगरपालिका वडा नं ६ का स्थानीय नागरिकहरु प्रत्याभूत संचार कार्यक्रम बारेमा सचेत हुदै गएका छन् । प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको आर्थिक सहयोगमा स्याक नेपाल बाँकेद्धारा संचालित प्रत्याभुत संचार परियोजना अन्र्तगत अभिभावकहरुलाई प्रत्याभूत संचारको बारेमा अभिमुखिकरण कार्यक्रम बर्दिया जिल्लाको राजापुर नगरपालिकामा सम्पन्न भएको छ ।

उक्त अभिमुखिकरणहरुकोे मुख्य उद्देश्य सहभागिहरुलाई प्रत्याभूत बालबालिकाहरुको फोटोहरु किन खिचिन्छ,उनिहरुको सुचनाहरु बार्षिक रुपमा किन लगिन्छ, उक्त सुचना तथा फोटोहरु के काममा प्रयोग हुन्छ र समुदाय बिकासमा प्रत्याभूत बालबालिकाको महत्व तथा भुमिकाको बारेमा जानकारी गराउने र प्लान इनटरनेशनल नेपालको साझेदारीमा संचालित बिभिन्न परियोजनाको बारेमा समुदायका ब्यक्तिहरुलार्य जानकारी गरार्य उक्त कार्यक्रममा प्रत्याभूत बालबालिका र उनिहरुको परिवारको सहभागितालाई बढाउने र बालबालिका माथि हुने बिभेद र परम्परागत हानीकारक अभ्यासहरु जस्तै बालबिबाह जस्ता कुरीतिहरु र त्यसबारे जानकारी गराउनु रहेको थियो । साथै सहभागिहरुले प्लान इन्टरनेशनल नेपालको यूवा तथा बाल संरक्षण निति र रिपोट्रीङ्ग तथा रेस्पोन्डीङ्गको बारेमा पनि जानकारि गराउँने रहेको थियो ।

उक्त अभिमुखिकरण कार्यक्रमका सहभागीहरुलाई स्याक नेपाल बाँकेको तर्फबाट प्रत्याभूत संचार परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत शेषकान्त शर्माले स्वागत तथा सहजिकरण गरेका थिए भने कार्यक्रमको ब्यवस्थापन अनिता चौधरी र सागर बि.क ले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा सहभागीहरुले आफ्नो जिज्ञासाहरु पालैपालो राखेका थिए । साथै उक्त कार्यक्रममा कोरोना भाइरस के हो र यसवाट सुरक्षित हुने उपायको बारेमा सवै सहभागीहरुलाई जानकारी पनि गराउँनुभएको थियो ।

राजापूर नगरपालिका वडानं ४ मा प्रत्याभूत बालबालिकाहरुको अतिरिक्त क्रियाकालप सम्पन्न गरिएको छ । जम्मा १५ जना प्रत्याभूत बालबालिकाहरुले बिभिन्न खेलको माध्यमबाट आफुमा अन्र्तनिहित प्रतिभा प्रस्फुटन गरेका छन् । उक्त कार्यक्रममा चित्रकला प्रतियोगिता, तातोआलु खेल र बोरा दौड प्रतियोगिता गराईएको थियो । उक्त बार्यक्रममा बाल संरक्षण, दूब्र्यबहार भनेको के हो ? यदी दूब्र्यबहार भयो भने कहाँ कसरी उजुरी गर्ने बारे जानकारी गराईएको थियो । यस प्रत्याभूत संचार कार्यक्रम अन्तरर्गत जम्मा ८४०५ जना प्रत्याभूत बालबालिकाहरुलाई बिधालय निरन्तरताको लागी स्टेस्नरी ,झोला तथा १३ र १४ बर्षको बालबालिकाहरु लाई MHM Kits बितरण गर्ने योजना रहेको र उक्त सामाग्री यही शुक्रबार बाट बितरण गर्ने जानकारी दिनुभयो ।

 

 

 

 

 

२०७८ भाद्र ९, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।