जनता समाजवादी पार्टीद्धारा नेपालगन्जमा बृक्षारोपण

|

नेपालगञ्ज / जनता समाजवादी पार्टीले नेपालगन्जमा बृक्षारोपण गरेको छ । मंगलबार नेपालगन्जस्थित हनुमान आधारभूत विद्यालय जमुनाहामा वृक्षारोपण गरिएको छ ।
वातावरणलाई जोगाउन आआफ्नो तर्फबाट पहल थाल्नुपर्ने उद्देश्यका साथ नेपालगन्ज उपमहानगरपालिका वडा नं १५ स्थित हनुमान आधारभूत विद्यालय जमुनाहाको विद्यालयको प्रवेशद्धारमा रहेको खाली ठाउँमा मंगलबार वृक्षारोपण गरिएको हो ।

डिभिजन वन कार्यालयको सहयोगमा आयोजना गरिएको कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य बेद प्रसाद आचार्य, हिक्मत विक, बाँके जिल्ला अध्यक्ष कमरुद्धिन राइ, उपाध्यक्ष राजन रानामगर, क्षेत्र नं २ का क्षेत्रीय सभापति सूर्यलाल यादव, डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्री र हरित अभियान्ता हेमन्तराज काफले लगायतको सहभागिता रहेको जिल्ला सचिव राजेन्द्र विकले जानकारी दिनुभयो।

२०७८ भाद्र ८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।