पेट्रोलियम पदार्थको पुनः मुल्य वृद्धि

|

काठमाडौ । नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ।त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ।

अब बांके बर्दिया लगायत तराईका जिल्लामा खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४१५ रुपैयाँ पर्नेछ। ढुवानी ५० जोडदा १४६५ पर्नेछ । अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढाइएको छ। अब यस्तो इन्धनको मूल्य प्रतिकिलोलिटर ७७० अमेरिकी डलर पर्नेछ ।

२०७८ भाद्र ७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।