जानकी गाउँपालिकाको वडा नं.२ पनि बालविवाह मुक्त वडा घोषणा

|

बाँके / बाँकेको जानकी गाउँपालिकाको वडा नं.२ पनि बालविवाह मुक्त वडा घोषणा भएको छ । जानकी गाउँपालिकाले शनिवार बेलभारमा आयोजित एक बिशेष समारोहमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले गाउँपालिकाको वडा नं.२ लाई बालविवाह मुक्त वडा घोषणा गर्नुभयो।

जानकी गाउँपालिकाको वडा नं. १ र ४ यसअघि नै बालविवाह मुक्त वडा घोषणा भइसकेको छ । वडा नं.२ का वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले सम्पूर्ण मापदण्ड पूरा गरेर वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको जानकारी गराए । जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले चाँडै जिल्लाकै पहिलो बालविवाह मुक्त स्थानीय तहको रुपमा जानकीलाई घोषणा गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

सो कार्यक्रममा जानकी गाउँपालिकाका महिला शाखाका कल्पना गाहा, नेपाल युवा परिषद, लुबिनी प्रदेशका संयोजक सोम गुरुङ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार शंकर प्रसाद खनाल, बालअधिकार अभियान्ता पुजा वर्मा, चेतना केसी, सुरज गुरुङ लगायतको सहभागिता रहेको थियो। सबै सरोकारवाला निकायहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरि एक्यबद्धता जनाएका थिए । जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्नका लागि प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले बाँके जिल्लाको आठ वटै स्थानीय तहमा बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ ।

२०७८ भाद्र ५, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।