नेपाल क्रिकेट संघद्धारा १७ सदस्यीय राष्ट्रिय टोलीको घोषणा

|

काठमाण्डौं /  नेपाल क्रिकेट संघले १७ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको राष्ट्रिय टोली मंगलबार ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।

सेप्टेम्बर १४ देखि २० सम्म हुने विश्वकप छनोट आधार रहेको लिग–२ प्रतियोगिता अघि नेपालले ओमानमै पपुवा न्युगिनीसँग दुई वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । लिग–२ मा नेपालको यो दोस्रो शृंखला हो । सन् २०२० को फेब्रुअरीमा काठमाडौंमा अमेरिका र ओमानसँगको नेपालले प्रतिस्पर्धा गरेको थियो, जुन लिग–२ मा नेपालले खेलेको एकमात्र शृंखला थियो । त्यसमा नेपालले अमेरिकासँगको दुवै खेल जितेको थियो भने ओमानसँग दुवै खेल हारेको थियो । त्यसयता सबै शृंखला कोभिड–१९ कारण स्थगित हुँदै आएको छ ।

यो पटक राष्ट्रिय टोलीबाट क्लोज क्याम्पमा रहेका कमलसिंह ऐरी र साहब आलाम बाहिरिएका छन् भने नेपाल प्रहरीका फास्ट बलर गुलशन झा पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीमा परेका छन् । ओमानमा हुने आईसीसी सीडब्लुसी लिग–२ अन्तर्गतको नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृंखलामा झाले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् ।

२०७८ भाद्र ५, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।