बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

|

बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।राजापुर नगरपालिका वडा नं १० भगतपुरमा बस्ने ३ बर्षिया बालिका कमला जैसीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले दिएको जानकारी अनुसार बिहीवार साँझ ७ बजेको समयमा घर नजिकै मकैबारिको छेउमा खेलिरहेको अवस्थामा जंगलबाट आएको चितुवाले  आक्रमण गरि घाईते बनाएको थियो।

घाइते बालिकालाई उपचार गर्न लैजाने क्रममा बिहीवार बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । बालिकाको शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल बर्दियामा राखिएको छ ।

२०७८ भाद्र ४, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।