
डुडुवा । बाँकेमा पौडी खेल्ने क्रममा एक जना युवकको मृत्यु भएको छ । डुडुवा गाउँपालिका डलैपुरस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा सोही गाउँपालिका ५ कम्दीका १७ बर्षीय मैथु नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
आइतबार दिउँसो पाँच जना साथीहरुसंगै पौडी खेल्न गएका नेपाली खोलामा बेपत्ता भएका थिए । खोजतलासका क्रममा नेपालीको शब मिलन चोक नजिक डुडुवा खोलामा मंगलवार फेला परेको प्रहरीले जानकारी दिएको छ ।